काठमाडौँ। सर्लाही हरिपुर्वा नगरपालिका-१ हर्दी नदीमा माटोको ढिस्को खस्दा पुरिएर चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई बालबालिका छन्।
महोत्तरी सोनमा गाउँपालिका-६ मगरथाना बस्ने बेधु मंसुरकी ६५ वर्षीया श्रीमती सायदा खातुन, ६ वर्षकी सविवा खातुन, अल्लाउदिन मंसुरका ८ वर्षीय छोरा डिल्लु मंसुर र नसरुल शेखकी ९ वर्षकी छोरी नर्गिस खातुन छन्।
दसैँका लागि घर लिपपोत गर्ने माटो खन्ने क्रममा ढिस्को खसेको हो। आज बिहान ९:२० बजे ढिस्को खस्दा चारैजना पुरिएका थिए। घाइतेहरूलाई निकाली प्रादेशिक अस्पताल मलंगवा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ असोज २०८२, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु