काठमाडौ । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ।
राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भएका राईको गएराति १२ बजे मृत्यु भएको हो।
परिवारका अनुसार पोस्टमार्टमका लागि अहिले उनको शव त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा लगिएको छ।
उनको टाउको पछाडिको भागमा गोली लागेको थियो।जेनजी आन्दोलनका क्रममा यसअघि ७५ जनाको मृत्यु भइसकेको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असोज २०८२, ०९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नदीमा जिप खस्दा तीन जनाको मृत्यु
होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु
साउनयता नौ गैँडाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु