सुनको मूल्य सातामै बढ्यो ६५०० रुपैयाँ

सफल खबर संवाददाता

शनिबार, ११ असोज २०८२, ११ : ५३
सुनको मूल्य सातामै बढ्यो ६५०० रुपैयाँ

काठमाडौँ । एक साताको अवधिमा सुनको मूल्य तोलामा ६ हजार ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज ३ गते तोलामा २ लाख १६ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य हिजो (शुक्रबार) सम्म आइपुग्दा २ लाख २२ हजार ५०० रुपैयाँ पुगेको हो ।

यद्यपि सो साता सुनको मूल्यमा उतारचढाव नै देखियो । जसअनुसार असोज ८ गते गते हालसम्मकै उच्च अदालत २ लाख २३ हजार रुपैयाँसम्म सुनको मूल्य पुग्यो । 

महासंघका अनुसार असोज ५ गते २ लाख १७ हजार १००, ६ गते २ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार हुँदा ७ गते २ लाख २१ हजार ७०० रुपैयाँ पुग्यो । 

त्यसपछि ८ गते कीर्तिमानी मूल्य कायम हुँदा त्यसको भोलिपल्ट अर्थात ९ गते भने घटेर २ लाख २१ हजार ३०० कायम हुँदा शुक्रबार भने फेरि २ लाख २२ हजार ५०० रुपैयाँ पुगेर साताको कारोबार रोकियो  । 

सो साता सुनको मूल्यले पनि कीर्तिमान बनायो । असोज ३ गते तोलामा २ हजार ८८० रुपैयाँ कायम भएको चाँदीको मूल्य, ५, ६, ७, ८ र ९ गते क्रमशः २ हजार ६२०, २ हजार ६५०, २ हजार ६८०, २ हजार ७०० र २ हजार ६८५ रुपैयाँ कायम भयो । यस्तै हिजो शुक्रबार भने हालसम्मकै उच्च मूल्य हुँदै चाँदीको मूल्य तोलामा २ हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस आधारमा सातामै चाँदीको मूल्य १६० रुपैयाँ बढेको छ । 

प्रतिक्रिया दिनुहोस