काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चामा आबद्ध दलहरूसँग चाँडै भएका हुनसक्ने बताएका छन्।
केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै मोर्चामा रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढिरहेको जानकारी दिए।
उनले भने, ‘हामीले संविधान र लोकतन्त्र रक्षा गर्नको लागि अन्य शक्तिसँग पनि सहकार्य गर्नुपर्छ। मोर्चामा आबद्ध दलहरूसँग ध्रुवीकरणको प्रक्रिया अघि बढेको छ। विशेष महाधिवेशनभन्दा अगाडि नै एकता महाधिवेशन गर्नुपर्ने परिस्थिति आउने परिस्थिति बन्न सक्छ।’
प्रचण्डले बैठकमा केन्द्रीय कमिटी भङ्ग गर्दै प्रस्ताव राख्दै मंसिरमा विशेष महाधिवेशन घोषणा गरेका छन्। मोर्चामा नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र नेसपा आबद्ध छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असोज २०८२, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’