काठमाडौँ । नेकपा एमालेका महासचिव योगेश भट्टराईले गल्ती र कमजोरीबाट सिक्दै पार्टी र आन्दोलनलाई पुनर्गठन गर्ने बताएका छन् । बिहीबार एक अपिल सार्वजनिक गर्दै भट्टराईले पछिल्लो परिवर्तित राजनीतिक परिस्थितिबारे भनेका छन्– ‘गल्ती र कमजोरीहरूबाट हामी सिक्नेछौँ । र पार्टी र आन्दोलनलाई पुनर्गठन गर्नेछौँ ।’
भट्टराईले मार्क्सले भनेजस्तै ‘इतिहासमा कुनै पनि अवस्था स्थायी नहुने निराशाको गर्भमै परिवर्तनको सम्भावना लुकेको हुने पनि बताएका छन् ।
‘यो निराशा र सङ्कटको अवस्था स्थायी होइन । इतिहासमा हामीले ठुलठुला सङ्कट र आँधीबेहरी पार गरेरै यहाँसम्म आएका हौँ’, भट्टराईले भनेका छन्, ‘तर इतिहासका हरेक सङ्कटका हरेक घुम्ती र मोडहरूमा हामी पुनर्गठित भएको सत्यलाई पनि हामीले मनन गर्नु जरुरी छ । त्यही स्वीकारोक्ति सहितको अभियानको लागि अपिल समेत गर्दछु ।’
उनले आत्मभर्त्सना बन्द गर्न र आत्मसमिक्षा गर्न पनि नेताहरूलाई आह्वान गरेका छन् । भट्टराईले एमालेमा पनि पुनर्गठनबारे प्रश्नहरू उठिरहेको भन्दै ग्राम्सीले भने जस्तै नेकपा (एमाले)लाई र कम्युनिस्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असोज २०८२, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म अन्तिम मतदाता ! : योगेश भट्टराई
हाम्रो उम्मेदवारी व्यक्तिगत हुन्छ, प्यानल बनाउँदैनौँ’ : योगेश भट्टराई
परिस्थितिले हामी सबैको विवेकको परीक्षा लिइरहेको छ : योगेश भट्टराई
गम्भीर भएर विचार गर्न पार्टी अध्यक्षलाई निवेदन गर्छु : योगेश भट्टराई
ओलीले गर्नुभएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ : योगेश भट्टराई
राजनीतिलाई रोक्न खोजे वितण्डा निम्तिन सक्छ : योगेश भट्टराई