म्यानमारको म्यावडीबाट दुई नेपाली युवाको उद्धार

सफल खबर संवाददाता

बुधबार, ०८ असोज २०८२, १८ : ४४
म्यानमारको म्यावडीबाट दुई नेपाली युवाको उद्धार

काठमाडौँ । थाइल्याण्डस्थित नेपाली राजदूतावासले म्यावडीबाट दुई नेपाली युवाको उद्धार गरेको छ ।

अनलाइन स्क्यामिंग कार्यमा लगाइएका नेपाली नागरिकहरूलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको म्यावडीबाट उद्धार गरेको हो । थाइल्याण्ड ल्याएजो दूतावासका अनुसार उनीहरूलाई आजै नेपाल फर्काइएको छ ।

सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्वोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा दूतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस