विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक मितव्ययिता सम्बन्धित मन्त्रिपरिषद् बैठकद्वारा गरिएका निर्णय सबै क्षेत्रमा लागू हुने जानकारी दिएका छन् ।
मन्त्रिपरिषद्ले यही असोज ५ गते आर्थिक मितव्ययिता सम्बन्धी विभिन्न निर्णय गरेको थियो । ‘जेन जेड’ प्रदर्शनका क्रममा तोडफोड एवं आगजनी भएको आन्तरिक राजस्व कार्यालयको आज निरीक्षण गर्दै उनले सो जानकारी दिएका हुन् ।
सो अवसरमा मन्त्री खनाललाई कार्यालयका प्रमुख केशव उप्रेतीले क्षतिको विवरण हस्तान्तरण गरेका थिए । अर्थमन्त्री खनाल एकीकृत भन्सार जाँच चौकी रानी विराटनगरमा हुने राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा सहभागी हुने मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ असोज २०८२, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘निर्धारित मितिमै निर्वाचन हुन्छ’ : अर्थमन्त्री खनाल
अर्थमन्त्री खनालद्वारा क्षतिग्रस्त बुटवल उपमहानगर भवनको अवलोकन
तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छ: अर्थमन्त्री खनाल
स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइन: अर्थमन्त्री खनाल
अर्थमन्त्री खनाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता
कालो सूचीमा धेरै व्यक्ति पर्नु चिन्ताको विषय हो: अर्थमन्त्री खनाल