अन्तरिम सरकारको सिफारिसमा पहिलो अध्यादेश जारी

सफल खबर संवाददाता

बुधबार, ०८ असोज २०८२, १४ : ५४
अन्तरिम सरकारको सिफारिसमा पहिलो अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी गरेका छन् ।

फागुन २१ को मध्यावधि निर्वाचनलाई लक्षित गर्दै सरकारले जेनजी मतदातासमेतलाई मताधिकार दिलाउन उक्त अध्यादेश ल्याएको हो ।

अध्यादेश जारी भएसँगै रोकिएको मतदाता नामावली दर्ता दर्ता प्रक्रिया खुलेको छ । गत असार १६ मा रुपन्देहीमा उपनिर्वाचन घोषणा भएपछि असार १६ देखि मतदाता नामावली दर्ता प्रक्रिया बन्द थियो ।

अध्यादेश जारी भएसँगै अब निर्वाचन आयोगले तोकेको मितिसम्म मतदाता नामावली दर्ता प्रक्रिया जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस