काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको निवासमा भेटिएको भनिएको नोटका विषयमा छानबिन हुनुपर्ने बताएका छन् ।
अनुमानका भरमा चर्चा–परिचर्चा गर्नुभन्दा पनि अनुसन्धानको नतिजालाई स्वीकार गर्नुपर्ने उनले बताए ।
जेन जेड आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको कोइराला निवासमा सोमबार आइपुगेका शर्माले पत्रकारहरूसँगको कुराकानीमा देउवा निवासका विषयमा देखिएको विषयमा राज्यका निकायले छानबिन पनि गरिरहेको बताए ।
जेन जेड आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको सभापति शेरबहादुर देउवा निवासमा डढेका नोटहरू फेला परेका भिडियोहरू सार्वजनिक भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ असोज २०८२, १८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी समूहबिच भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्छ : विश्वप्रकाश शर्मा
फागुन २१ को चुनाव यी २ कारणले सर्न सक्छ : विश्वप्रकाश शर्मा
विशेष महाधिवेशनको माग बेवास्ता गरिए राजीनामा दिन्छु : विश्वप्रकाश शर्मा
विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न हो : विश्वप्रकाश शर्मा
विश्वप्रकाश शर्माद्वारा चुनावअघि महाधिवेशन गर्न सकिने चार विकल्प प्रस्ताव
‘फरक मत आउनु स्वाभाविक, कसैले धूप हाल्दैमा काँग्रेस फुट्दैन’ : विश्वप्रकाश शर्मा