पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक जारी

सफल खबर संवाददाता

आइतबार, ०५ असोज २०८२, १४ : १९
पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक केहिबेर अघि सुरु भएको छ । जेन जेड आन्दोलनपछि विकसित परिस्थितिबारे छलफल गर्न माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।

पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा समसामयिक विषयमा छलफल हुने माओवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ । बैठक एजेन्डाबारे थप खुलाइएको छैन ।

जेन जेड आन्दोलनपछि माओवादीभित्र पनि पुनः नेतृत्व रूपान्तरणको बहस चर्किन थालेको छ । पार्टी उपमहासचिव जनार्दन शर्माले सार्वजनिक रूपमै अध्यक्ष ‘प्रचण्ड’को राजीनामा मागिसकेका छन् ।

तर, संस्थापन पक्षका नेताहरूले भने अझै पनि नेतृत्वमा प्रचण्डको विकल्प खोज्ने बेला नभएको तर्क छाडेका छैनन् । भदौ २३ र २४ गते भएको जेन जेड प्रदर्शनका क्रममा प्रदर्शनकारीले माओवादीको पार्टी कार्यालयमा समेत आगजनी र तोडफोड गरेका थिए ।

सरसफाइ गरेर माओवादीले पार्टी कार्यालय पुनस् सञ्चालनमा ल्याएको छ । जेन जेड प्रदर्शनका दिन अध्यक्ष प्रचण्डको निवाससहित अन्य अन्य नेताहरूको घरमा समेत तोडफोड र आगजनी भएको थियो ।

प्रतिक्रिया दिनुहोस