च्याउको बीउ उत्पादनबाट वार्षिक डेढ करोड आम्दानी

सफल खबर संवाददाता

आइतबार, ०५ असोज २०८२, १२ : १५
च्याउको बीउ उत्पादनबाट वार्षिक डेढ करोड आम्दानी

झापा । बिर्तामोड-३ का रामबहादुर खत्री स्वदेशमै उन्नत प्रविधिबाट च्याउको बीउ उत्पादन गरेर उदाहरणीय उद्यमी बनेका छन् । स्वदेशमै उत्पादन हुन थालेपछि च्याउको बीउमा विदेशी निर्भरता घटेको छ ।

खत्री परिवारले १४ वर्षअघि स्थापना गरेको पाथीभरा च्याउ तथा बीउ उद्योगले कोशी प्रदेशमा पहिलो पटक ‘टिस्युकल्चर’ प्रविधिबाट च्याउको बीउ उत्पादन गर्दै आएको छ । उद्योगबाट वार्षिक ४५ हजार किलो च्याउको बीउ उत्पादन गर्दै आएको छ । यसबाट रु. एक करोड ५० लाखभन्दा बढी आम्दानी हुने गरेको खत्रीले बताए । 

उद्योगमा सात जनाले पूर्णकालीन रोजगारी प्राप्त गरेका छन् । आफूसहित तीन कामदार आफ्नै घरका सदस्य रहेको उनले बताए। उद्योगबाट घर बाहिरका चार कामदारले पूर्णकालीन रोजगारी पाएका छन् । 

प्रतिक्रिया दिनुहोस