सिमकोट, (हुम्ला) । हुम्ला घर भएका हाल काठमाडौँमा बस्दै आएका थुक्तेन पाल्वर तामाङ ११ दिनदेखि बेपत्ता भएका छन् । काठमाडौँमा भदौ २४ भएको जेन जेड आन्दोलनमा सहभागी भएका हुम्लाको नाम्खा गाउँपालिका–३ को खगालगाउँ स्थायी घर भएका हाल काठमाडौँको तीनचुलीमा बस्दै आएका थुक्तेन ११ दिनदेखि बेपत्ता भएका हुन् ।
गत भदौ २३ गते जेन जेड प्रदर्शनमा सहभागी भएर लामा कोठा फिर्ता भएको बुबा टसी छिरिङले बताए। होटेलमा काम गर्दै आएका लामा २४ गते बिहानी सिफ्टको काम सकाएर दिउँसो २:०० बजे कोठामा आएर प्रदर्शनमा गएका थिए ।
पछिल्लो दिनको जेन जेड प्रदर्शनमा गएको दिनदेखि लामा कोठा फिर्ता नभएको बुबा टसी छिरिङले बताए। एघार दिनसम्म काठमाडौँका विभिन्न ठाउँहरूमा खोजी कार्य गर्दा कतै नभेटिएको बताइएको छ ।
बौद्धमा भएको आन्दोलनमा सहभागी हुन कोठाबाट निस्केका छोरा त्यसपछि भने बेपत्ता भएको बुबाले बताए । जेन जेड प्रदर्शनमा निस्केर बेपत्ता भएको छोराको खोजी गरिदिन उनले आग्रह गरे । उनका दुई छोरामध्ये बेपत्ता भएको छोरा कान्छो हुन् ।
हुम्लाको युवा जेन जेड प्रदर्शनमा गएर बेपत्ता भएपछि नाम्ख्योम हुम्ला बौद्ध समाजका अध्यक्ष अंगबहादुर लामाले एक सूचना निकालेर खोजीका लागि आग्रह गरेका छन् । समाजका तर्फबाट बुधबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई ज्ञापन पत्र बुझाएर खोजी गर्न आग्रह गरिएको अध्यक्ष लामाले बताए । चौबीस वर्षका लामा नारायनथान गुम्बामा लामा ज्ञान अध्ययन सकाएर हाल तीनचुलीमा कोठा लिएर भतिजोसँग बस्दै आएका उनका बुबाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ असोज २०८२, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका घाइतेका ५ बुँदे माग
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
बानेश्वरमा भदौं २३ मा यसरी चलेको थियो गोली....
जेनजी आन्दोलनमा सुरक्षा निकायको भूमिकामाथि गम्भीर प्रश्न, उच्चस्तरीय छानबिनको माग गर्दै पर्यो निवेदन
सिंहदरबार गेटमा जेनजी आन्दोलनका घाइतेहरूको धर्ना
जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, प्रत्येकका परिवारलाई १० लाख राहत