काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जनताको गुणस्तरीय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिताको राष्ट्रिय एजेण्डालाई आत्मसाथ गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।
शुक्रबार संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प्रश्नहरू सबैको साझा अपेक्षा रहेको भन्दै यस्ता एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध रहेको बताइन् ।
उनले भनिन, ‘सूचना प्रविधिमा भएको विकास, अन्तराष्ट्रिय स्तरमा देखिएको नागरिकमैत्रि शासन प्रणाली खुला सरकारको बारेमा जानकार रहेका युवा पुस्ताले उठाएको रोजगारीको अवसर गुणस्तरीय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प्रश्नहरू हामी सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेण्डा हुन् । यस्ता एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध छ ।’
यस्तै, उनले शासकीय आकांक्षा बोकेर, कुनै पदको लोभ लिएर प्रधानमन्त्री नभएको भन्दै देश संकटमा रहेको बेला युवा पुस्ताको अनुरोधको आधारमा संक्रमणको व्यवस्थापन गर्न प्रधानमन्त्री बनेको बताइन् । उनले भनिन्, ‘शासकीय आकांक्षा बोकेर कुनै पदको लोभ लिएर प्रधानमन्त्री भएको होइन ।
देश संकटमा रहेको बेला युवा पुस्ताको अनुरोधको आधारमा संक्रमणको व्यवस्थापन गर्न नेपालको संविधान अनुसार ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन मार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने गरी म वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री भएको हो ।’
समयसँगै नागरिकका आवश्यकता र आकांक्षा परिवर्तन हुने हुँदा जनताको अपेक्षा अनुसार राज्य क्रियाशील हुँदै सुधारको बाटोमा हिन्नु पर्ने पनि उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असोज २०८२, १० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र नबनाउन प्रधानमन्त्री कार्कीको आग्रह
प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथको दर्शन
'आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्य’: प्रधानमन्त्री कार्की
एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी आगामी निर्वाचन गराउँछौँ” : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबीच भेटवार्ता
राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन