चितवनमा यसरी मनाइयो संविधान दिवस

सफल खबर संवाददाता

शुक्रबार, ०३ असोज २०८२, ०९ : ५०
चितवनमा यसरी मनाइयो संविधान दिवस

चितवन । शान्तिको प्रतीक परेवा उडाएर संविधान दिवस, २०८२ मनाइएको छ । संविधान दिवस मूल समारोह समिति चितवनले आज यहाँ दुई जोडी परेवा उडाएर संविधान दिवस मनाएको हो ।

मुलुकमा शान्तिको कामना गर्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संयुक्त रुपमा परेवा उडाए ।

कार्यक्रममा जिल्लाका सरकारी कार्यालय प्रमुख, स्थानीय तहका प्रमुख एवं उपप्रमुखहरू, राजनीतिक दलका नेताहरूको सहभागिता थियो ।

त्यस अवसरमा कार्यालय परिसरमा वृक्षरोपण, झण्डोत्तोलनलगायतका कार्यक्रमहरू राखिएको थियो । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले संविधानको निरन्तरता र पालनाका लागि सबै लाग्नुपर्नेमा जोड दिए। 

प्रतिक्रिया दिनुहोस