एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध रोक्ने आफ्नो प्रयासमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘वास्तवमै निराश पारेको’ बताएका छन् ।
बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले रुसी नेतामाथि थप दबाब दिन आह्वान गरिरहँदा उनले पुटिनले वास्तवमै निराश बनाएको बताएका हुन् ।
बेलायतको राजकीय भ्रमणका क्रममा स्टार्मरसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले द्वन्द्व अन्त्य गर्न नसक्नु आफ्नो ‘सबैभन्दा ठूलो निराशा’ भएको बताए । उनले पुटिनविरुद्ध आफ्नो आगामी कदमको बारेमा भने केही बताएनन् ।
यसैबीच उनले पुटिनलाई वार्ताको टेबलमा ल्याउन बाध्य पार्न पश्चिमी सहयोगीहरूलाई रुसी तेल किन्न बन्द गर्न आग्रह गरेका छन् । यद्यपि, उनी मस्कोविरुद्ध कुनै पनि एकपक्षीय कदम चाल्नबाट भने पछि हटेको देखिन्छ ।
अमेरिकी राष्ट्रपतिले अगस्टमा पुटिनलाई वार्ताका लागि अलास्कामा आमन्त्रण गरेका थिए। उनले रुसी नेताप्रति बारम्बार झुकाव राख्दा आफ्ना सहयोगीहरू निराश बन्न पुगेका स्वीकार गरेको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०३ असोज २०८२, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाए रोक
ट्रम्पले बीबीसीविरुद्ध किन हाले मुद्दा ?
थाइल्यान्ड र कम्बोडियाको युद्ध रोक्न म फोन गर्छु : ट्रम्प
ट्रम्पलाई किन भेट्न चाहन्छन् जेलेन्स्की ?
रुस–युक्रेन युद्ध रोक्ने अमेरिकी प्रस्ताव ‘अन्तिम’ होइन : ट्रम्प
ममदानीसँगको भेटमा आठ शान्ति–सम्झौता गराएको ट्रम्पको दाबी