एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध रोक्ने आफ्नो प्रयासमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘वास्तवमै निराश पारेको’ बताएका छन् ।
बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले रुसी नेतामाथि थप दबाब दिन आह्वान गरिरहँदा उनले पुटिनले वास्तवमै निराश बनाएको बताएका हुन् ।
बेलायतको राजकीय भ्रमणका क्रममा स्टार्मरसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले द्वन्द्व अन्त्य गर्न नसक्नु आफ्नो ‘सबैभन्दा ठूलो निराशा’ भएको बताए । उनले पुटिनविरुद्ध आफ्नो आगामी कदमको बारेमा भने केही बताएनन् ।
यसैबीच उनले पुटिनलाई वार्ताको टेबलमा ल्याउन बाध्य पार्न पश्चिमी सहयोगीहरूलाई रुसी तेल किन्न बन्द गर्न आग्रह गरेका छन् । यद्यपि, उनी मस्कोविरुद्ध कुनै पनि एकपक्षीय कदम चाल्नबाट भने पछि हटेको देखिन्छ ।
अमेरिकी राष्ट्रपतिले अगस्टमा पुटिनलाई वार्ताका लागि अलास्कामा आमन्त्रण गरेका थिए। उनले रुसी नेताप्रति बारम्बार झुकाव राख्दा आफ्ना सहयोगीहरू निराश बन्न पुगेका स्वीकार गरेको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०३ असोज २०८२, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
ट्रम्पले आफूलाई गरे ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा
ग्रीनल्याण्ड कब्जा गर्ने ट्रम्पको चेतावनी
इरानमा प्रदर्शनकारी मारिए अमेरिका हस्तक्षेप गर्न तयार : ट्रम्प
शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यक : ट्रम्प
ट्रम्पले फिर्ता बोलाए नेपालसहित ३० देशका राजदुत