विराटनगर । पाँचथरमा लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित भएका छन् ।
लगातारको वर्षासँगै पहिरो खस्दा जोखिममा रहेका ४३ जनालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। लगातारको वर्षापछि पाँचथरको याङ्वरक, फालेलुङका गाउँपालिकामा पहिरो खसेको हो ।
याङवरक गाउँपालिका–४ खमोरस्थित एक घरको भुईँतल्लो जमिन भासिँदा पर्खाल भत्किएको छ। घरमा बस्दै आएका तीन जनाको परिवार घटनापछि आफन्तको घरमा बस्न बाध्य भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख डिएसपी कौशलकुमार बुढाथोकीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असोज २०८२, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध