विराटनगर । पाँचथरमा लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित भएका छन् ।
लगातारको वर्षासँगै पहिरो खस्दा जोखिममा रहेका ४३ जनालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। लगातारको वर्षापछि पाँचथरको याङ्वरक, फालेलुङका गाउँपालिकामा पहिरो खसेको हो ।
याङवरक गाउँपालिका–४ खमोरस्थित एक घरको भुईँतल्लो जमिन भासिँदा पर्खाल भत्किएको छ। घरमा बस्दै आएका तीन जनाको परिवार घटनापछि आफन्तको घरमा बस्न बाध्य भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख डिएसपी कौशलकुमार बुढाथोकीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असोज २०८२, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा