चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।
मङ्गलबार राति इच्छाकामना गाउँपालिका-४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार बिहान ९ः१० बजेबाट सडक सञ्चालनमा आएको हो ।
बिहान ६ः०० बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको थियो । तीनवटा एक्साभेटरले पहिरो पन्छाइएको हो । पहिरो पन्छाइएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असोज २०८२, १० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध