एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आज (सेप्टेम्बर १७) ७५औँ जन्मदिन हो। यस अवसरमा उनलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुभकामना दिएका छन्।
यस क्रममा दुई नेताबीच रुस-युक्रेन युद्धबारे पनि छलफल भएको छ। ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘मेरा मित्र प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा धेरै राम्रो कुराकानी भयो। मैले उनलाई जन्मदिनको शुभकामना दिएँ। उनले राम्रो काम गरिरहेका छन्।’
उनले अगाडि लेखेका छन्, ‘नरेन्द्र! रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्न तपाईंको सहयोगका लागि धन्यवाद।’ भारतका प्रधानमन्त्री मोदीले पनि सामाजिक सञ्जालमार्फत ट्रम्पसँग कुराकानी भएको जानकारी गराएका छन्।
प्रधानमन्त्री मोदीले एक्समा लेखेका छन्, ‘मेरा मित्र राष्ट्रपति ट्रम्प तपाईंको फोन कल र मेरो ७५औँ जन्मदिनको शुभकामनाका लागि धन्यवाद। तपाईंजस्तै म पनि भारत-अमेरिकाको व्यापक र विश्वव्यापी साझेदारीलाई नयाँ उचाइमा पुर्याउन पूर्ण रूपमा प्रतिबद्ध छु।’
मोदीले थप लेखेका छन्, ‘हामी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानतर्फ तपाईंको प्रयासलाई समर्थन गर्छौं।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असोज २०८२, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका र इरानबीच युद्ध अन्त्य भएको ट्रम्पको दाबी
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
ट्रम्प र सीबीच बेइजिङमा वार्ता
ईरानसँगको युद्ध अन्त्य गर्न चीनको सहायता चाहिँदैन : ट्रम्प
ट्रम्पको घोषणासँगै तेलको मूल्यमा गिरावट