काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई आफूले सधैँ माया गरिरहने बताएका छन् ।
पछिल्लो समय साम्पाङले दिएको आफूलक्षित अभिव्यक्तिको प्रतिउत्तर दिँदै बालेनले लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ । एकतर्फी नै सही, तर मेरो माया साँचो हो ।’
आफूलाई प्रधानमन्त्री नबनाएको भनेर धरानका मेयर साम्पाङले बालेनलक्षित विभिन्न टिप्पणी गर्दै आएका छन् । जसप्रति बालेनले पनि मंगलबार फेसबुकमार्फत नै साम्पाङलाई जवाफ दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ भदौ २०८२, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा इन्दिरा राना मगरसँग बालेनको भेट
झापा–५ का मतदातासँग बालेनको भलाकुसारी
लहान पुगेर बालेनले गरे मधेश आन्दोलनका सहिदको शालिकमा माल्यार्पण
बालेन बिहानै पुगे जानकी मन्दिर
रास्वपा पुगेर बालेनले गरे पद बहाली
राजीनामा नलेख्ने सोचमा पुगे बालेन