काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई भेटेका हुन्।
दाहालको सचिवालयका अनुसार, भेटमा देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको थियो। भेटमा अध्यक्ष दाहालले राष्ट्रियसभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित सङ्घीय संसद् भवन तथा सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा भएको क्षतिबारे प्रधानमन्त्रीलाई जानकारी गराए।
प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातिर लैजान राष्ट्रियसभाको महत्त्वपूर्ण भूमिका हुने बताएकी छिन्। उनले वर्तमान राष्ट्रिय सङ्कटलाई सही निकास दिन सबैले सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिएको राष्ट्रियसभा अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ भदौ २०८२, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्कीद्वारा सहिद स्मारकमा श्रद्धाञ्जली अर्पण
‘स्वजागरणलाई सबै तहमा संस्थागत गरी दैनिक जीवनको हिस्सा बनाउनु अपरिहार्य’ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूत एरी बासबीच शिष्टाचार भेट
पृथ्वीनारायणको सालिकमा प्रधानमन्त्री कार्कीले गरिन् पुष्पगुच्छा अर्पण
आगामी निर्वाचनबारे हालसम्मको कार्य प्रगतिका विषयमा प्रधानमन्त्री कार्कीले लिइन जानकारी
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?