अवरुद्ध महाकाली राजमार्ग सञ्चालनमा

सफल खबर संवाददाता

सोमबार, ०२ भदौ २०८२, ११ : ४६
अवरुद्ध महाकाली राजमार्ग सञ्चालनमा

दार्चुला । पहिरोले अवरुद्ध भएको महाकाली राजमार्ग सञ्चालनमा आएको छ । आइतवार रातिको अविरल वर्षाका कारण राजमार्गअन्तर्गत गोकुलेश्वर-दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका-३ तेर्छालेक र शैल्यशिखर नगरपालिका-६ को रनेबासमा पहिरो खसेको थियो । 

पहिरो पन्छाइएसँगै राजमार्ग बिहान ११ बजेपछि सञ्चालनमा आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए। राजमार्ग खुलेसँगै बन्द रहेको सवारी आवागमन सञ्चालनमा आएको छ । सवारी साधन सञ्चालन आएसँगै अलपत्र यात्रु पनि आ–आफ्नो गन्तव्यतर्फ लागेका प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस