काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग छलफल गरेकी छन् ।
मंगलवार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुने बारे छलफल गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गरेले सहयोग गर्न डा. रुइतसँग आग्रह गरेकी थिइन् ।
जवाफमा डा. रुइतले आफूले सरकारलाई सहयोग गर्ने तर सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएको बुझिएको छ ।
छलफलपछि डा. रुइतले आफूले अस्पतालको काम र बिरामीलाई छाड्न नसक्ने बताए ।
जेन जेड आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चलेपछि रुइतले भने आफू चिकित्सकीय पेसामार्फत नागरिकको सेवामा तल्लीन हुने बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ भदौ २०८२, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्की र प्रधान सेनापति सिग्देलबीच भेटवार्ता
काँग्रेस महामन्त्रीद्वयसँग प्रधानमन्त्री कार्कीले गरिन् चुनावी परामर्श
चुनाव लड्न जाउ भन्दै दुर्गा प्रसाईँलाई प्रधानमन्त्रीको सुझाव
‘देश बनाउने हामीले नै हो, एक पटकको छलफलले पुग्दैन बारम्बार गर्नुपर्छ’ : प्रधानमन्त्री कार्की
भ्रष्टाचार र सुशासनका मुद्दामा सरकार मौन छैन : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीले बोलाएको सर्वदलीय बैठक सुरु