काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा सुशीला कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश पोस्ट गर्दै यो शुभकामना दिएका हुन्
उक्त पोस्टमा मोदीले लेखेका छन्, "नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई मेरो हार्दिक बधाई तथा शुभकामना। भारत नेपालका जनताको शान्ति, प्रगति र समृद्धिको लागि सदैव प्रतिबद्ध छ।"
भारतले शुक्रबार रातिनै नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत गरेको थियो। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई भारतले नेपालको शान्ति र स्थायित्वलाई सुदृढ पार्ने सकारात्मक कदमका रूपमा लिएको जनाएको थियो।
भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको थियो, ‘निकटतम छिमेकी, साझा लोकतन्त्र र दीर्घकालीन विकास साझेदारको रूपमा भारत नेपालसँग दुवै देश र जनताको समृद्धि र हितका लागि नजिकबाट सहकार्य गर्न प्रतिबद्ध छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ भदौ २०८२, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुटिनलाई मोदीले दिए ‘गीता’ उपहार
मोदीले पुटिनलाई दिए जन्मदिनको शुभकामना
गाजामा युद्धविराम गर्ने ट्रम्पको प्रस्तावलाई मोदीले गरे स्वागत
प्रधानमन्त्री कार्की र मोदीबीच फोन संवाद, नेपालकाे शान्ति तथा स्थायित्वमा भारतले सघाउने
नेपालमा भएको हिंसा हृदयविदारक छः मोदी
मोदी-जिनपिङबीच ५० मिनेट भेटवार्ता