काठमाडौं । नेपालमा नयाँ अन्तरिम सरकार गठनको छिमेकी मुलुक भारतले स्वागत गरेको छ ।
पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको हो ।
विज्ञप्तिमा भनिएको छ ,“हामी सुशिला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ ।”
भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा दुई देश र जनतको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ भदौ २०८२, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार जेन जेडबीच भएको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता
सरकार र जेन जेडबीच सम्झौतामा हस्ताक्षर हुँदै
व्यवसायीद्वारा कर्णाली सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण
नेपाली नर्सहरू विदेशतिर आकर्षित, स्वदेशमै गुणस्तरीय शिक्षाको अभाव
‘जेन–जी सहिद दिवस’ भदौ २३ गते मनाइने
प्रधानमन्त्री कार्कीको स्वकीय सचिवालयमा हेरफेरको दौडधुप