देशभरबाट साढे १३ हजार कैदीबन्दी फरार

सफल खबर संवाददाता

बुधबार, २५ भदौ २०८२, १८ : ३६
देशभरबाट साढे १३ हजार कैदीबन्दी फरार

काठमाडौँ। अहिलेसम्म देशभरका कारागारहरूबाट साढे १३ हजार भन्दा बढी कैदीबन्दी फरार भएका छन् ।

प्रहरीका अनुसार देशभरका कारागारहरूबाट अहिलेसम्म १३ हजार ५ सय ७२ कैदीबन्दी फरार भएका हुन् ।

त्यसैगरी हिरासतमा रहेका ५६० जना थुनुवा पनि फरार भएका छन् । विभिन्न मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका ५६० थुनुवा फरार भएका हुन् ।

जेन जेडले गरेको प्रदर्शनका क्रममा मंगलबार तोडफोड र आगजनी गर्दै कैदीबन्दी फरार भएका हुन् ।

प्रतिक्रिया दिनुहोस