काठमाडौँ । दाङस्थित तुलसीपुर कारागारबाट मंगलबार साँझ सामूहिक रूपमा कैदी भागेपछि सनसनीपूर्ण अवस्था सिर्जना भएको छ।
साँझ साढे ५ बजेतिर कारागारको ‘ख’ ब्लकमा रहेका १२४ जना कैदी बन्दीले मूल गेटमा तोडफोड गर्दै कारागारबाट भागेका हुन्।
कारागार प्रशासनका अनुसार, १७९ जना कैदीबन्दी राखिएको ‘ख’ ब्लकबाट १२४ जना बाहिरिएपछि हाल ५५ जना मात्र सो ब्लकमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ भदौ २०८२, १५ : ५४
लेखकबाट थप