काठमाडौं । नेकपा एमालेको सचिव योगेश भट्टराईले पार्टी सङ्गठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । जेन जी आन्दोलनले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढलेपछि सचिव भट्टराईले पार्टी नेतृत्वमा पनि पुनर्गठनको प्रस्ताव राखेका हुन् ।
उनले विकसित घटनाहरूलाई राम्रोसित विश्लेषण गरेर भएका कमजोरीको समीक्षा गरेर गल्तीप्रति आत्मालोचित हुनुपर्ने बताएका छन्। उनले लोकतान्त्रिक र संवैधानिक मान्यता अनुरूप निकास निकाल्नुपर्ने भन्दै जेनजीले अघि सारेका मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गर्न अपिल समेत अपिल गरेका छन् ।
उनले भनेका छन्, ‘हामी यतिवेला इतिहासकै गम्भीर संकटको अवस्थामा छौ । देश र समाज भयानक अस्थिरतामा छ । हामी सबै तनावमा छौ । यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सही ठाउँमा पुर्याउदैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ भदौ २०८२, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीको माथिल्लो तहबाट हामीविरुद्ध अनर्गल लाञ्छना लगाउने काम भइरहेको छ: योगेश भट्टराई
जेन जेड आन्दोलनको क्षतिको दोष जबर्जस्त एमालेमा थुपार्न खोजियो : योगेश भट्टराई
झापा-५ को चुनावी प्रचारमा योगेश भट्टराई दमकमा
संविधानमा संशोधनमा छलफल गर्न मतदातासँग योगेशको आग्रह
‘पार्टीभित्रको संघर्षमा प्रतिस्पर्धी हौँ तर अन्य दलहरूसँग एमाले एक छ’ : योगेश भट्टराई
‘निर्वाचनमा उम्मेदवार बन्ने मन्त्रीहरूले तत्काल राजीनामा दिनुपर्छ’: योगेश भट्टराई