नेपालमा भएको हिंसा हृदयविदारक छः मोदी

सफल खबर संवाददाता

बुधबार, २५ भदौ २०८२, ०९ : ३०
नेपालमा भएको हिंसा हृदयविदारक छः मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको हिंसा हृदयविदारक भएको उल्लेख गरेका छन्।

मंगलबार भारतको मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमको बारेमा छलफल भएको र हिंसा हृदयविदारक भएको उनले सामाजिक सञ्जाल एक्समार्फत् बताएका हुन्।

‘आज दिनभरीको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमको बारेमा विस्तृत छलफल भएको छ’, मोदीले लेखेका छन्, ‘नेपालमा भएको हिंसा हृदयविदारक छ। धेरै युवाले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ।’

मोदीले नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्त्वपूर्ण भएको बताउँदै शान्ति व्यवस्था कायम राख्न अपिल गरेका छन्।

उनले थप लेखेका छन्, ‘म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीलाई शान्ति-व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपिल गर्दछु।’

प्रतिक्रिया दिनुहोस