काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालयको बैठक बोलाएको छ ।
जेनजी पुस्ताले सोमबार काठमाडौँ लगायत देशभर गरेको प्रदर्शन हिंसात्मक भएपछि आगामी योजना बनाउन बैठक बोलाएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
जेनजी पुस्ताले स्वतःस्फूर्त गरेको आन्दोलनमा आफूहरूको ऐक्यबद्धता रहने तर अहिले नै सडकमा गएर नेतृत्व लिने पक्षमा नरहेको उनले बताए ।
‘भ्रष्टाचार र बेथिति विरुद्ध जेनजी युवाहरूको स्वतःस्फूर्त आन्दोलन हो । यस आन्दोलनमा हाम्रो ऐक्यबद्धता रहन्छ । राजनीति पार्टी भएकाले हामी अहिले नै नेतृत्व गर्ने पक्षमा छैनौँ । आगामी दिनमा कसरी जाने भन्ने विषयमा हामी छलफल गर्छौँ’, उनले भने
सचिवालय बैठक लगत्तै रास्वपाले दिउँसो १ बजे केन्द्रीय समिति बैठक बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ भदौ २०८२, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले समानुपातिक उम्मेदवारीको म्याद पुस ५ सम्म थप्यो
निर्वाचनलक्षित वाचा पत्र तयार गर्दै रास्वपा
रास्वपाद्वारा समानुपातिकतर्फ उम्मेदवार छनोट प्रक्रिया सुरु, आवेदन दिन आह्वान
रुपन्देही–३ बाहेक अन्यत्र उम्मेदवार चयन भएको छैन : रास्वपा
रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै
रास्वपा र विवेकशीलबीच एकीकरणका लागि भोलि एकता घोषणा सभा हुँदै