काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालयको बैठक बोलाएको छ ।
जेनजी पुस्ताले सोमबार काठमाडौँ लगायत देशभर गरेको प्रदर्शन हिंसात्मक भएपछि आगामी योजना बनाउन बैठक बोलाएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
जेनजी पुस्ताले स्वतःस्फूर्त गरेको आन्दोलनमा आफूहरूको ऐक्यबद्धता रहने तर अहिले नै सडकमा गएर नेतृत्व लिने पक्षमा नरहेको उनले बताए ।
‘भ्रष्टाचार र बेथिति विरुद्ध जेनजी युवाहरूको स्वतःस्फूर्त आन्दोलन हो । यस आन्दोलनमा हाम्रो ऐक्यबद्धता रहन्छ । राजनीति पार्टी भएकाले हामी अहिले नै नेतृत्व गर्ने पक्षमा छैनौँ । आगामी दिनमा कसरी जाने भन्ने विषयमा हामी छलफल गर्छौँ’, उनले भने
सचिवालय बैठक लगत्तै रास्वपाले दिउँसो १ बजे केन्द्रीय समिति बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ भदौ २०८२, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज संसदमा रास्वपाबाट रवि लामिछानेले सम्बोधन गर्ने
संविधान संशोधनमा रास्वपाको उल्टो कदम : बहसअघि कार्यदल, दलहरू अन्योलमा
निजामतीभित्रका कुनै पनि समूह र अभियानसँग हाम्रो सम्बन्ध छैन : रास्वपा
बालेन साह रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन
रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने
रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक