काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले उपप्राध्यापक पदमा दरखास्त आह्वान गरेको छ । त्रिवि सेवा आयोगले खुला प्रतियोगिताबाट ४७ विषयमा उपप्राध्यापक पदमा पूर्तिका लागि सोमवार दरखास्त आह्वान गरेको हो ।
सबैभन्दा धेरै व्यवस्थापन विषयमा ९१ जनालाई अवसर छ । कानुन विषयमा ३३, अर्थशास्त्रमा १८, अंग्रेजीमा १४, नेपालीमा १३, कम्प्युटर एप्लिकेसनमा १२ र नेपाली शिक्षामा १० जना उपप्राध्यापक पदमा विज्ञापन खुलाइएको छ ।
दरखास्त दिने म्याद भदौ २९ गतेदेखि कात्तिक १२ गते राति ११ बजेर ५९ मिनेटसम्म हुने कार्यालयले जनाएको छ । दोब्बर दस्तुर तिरेर कात्तिक १९ गते राति ११ बजेर ५९ मिनेटसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ भदौ २०८२, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
त्रिविद्वारा अतिक्रमित सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न निर्देशन, अटेरी गरे कानुनी कारवाही अघि बढाउने चेतावनी
यी हुन् त्रिविको दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थी (सूचीसहित)
यस्तो छ त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन (पूर्णपाठ)
उत्तरपुस्तिका जलेपछि पुनः परीक्षा गर्ने त्रिविको निर्णय
त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तर पुस्तिका जले