काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले उपप्राध्यापक पदमा दरखास्त आह्वान गरेको छ । त्रिवि सेवा आयोगले खुला प्रतियोगिताबाट ४७ विषयमा उपप्राध्यापक पदमा पूर्तिका लागि सोमवार दरखास्त आह्वान गरेको हो ।
सबैभन्दा धेरै व्यवस्थापन विषयमा ९१ जनालाई अवसर छ । कानुन विषयमा ३३, अर्थशास्त्रमा १८, अंग्रेजीमा १४, नेपालीमा १३, कम्प्युटर एप्लिकेसनमा १२ र नेपाली शिक्षामा १० जना उपप्राध्यापक पदमा विज्ञापन खुलाइएको छ ।
दरखास्त दिने म्याद भदौ २९ गतेदेखि कात्तिक १२ गते राति ११ बजेर ५९ मिनेटसम्म हुने कार्यालयले जनाएको छ । दोब्बर दस्तुर तिरेर कात्तिक १९ गते राति ११ बजेर ५९ मिनेटसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ भदौ २०८२, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन (पूर्णपाठ)
उत्तरपुस्तिका जलेपछि पुनः परीक्षा गर्ने त्रिविको निर्णय
त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तर पुस्तिका जले
सल्टिएन त्रिविको समस्या : पदाधिकारी अझै कार्यकक्षबाहिरै
त्रिविद्वारा सरकारसँग सुरक्षा माग
पठनपाठन रोकिएपछि त्रिविमा इन्जिनियरिङका विद्यार्थीको प्रदर्शन