एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र भारत अब चीनको पक्षमा आशंका गरेका छन्।
उनले शुक्रबार ट्रुथ सोसलमा लेखेका छन्, ‘यस्तो देखिन्छ कि हामीले भारत र रुसलाई चीनसँग गुमाइसकेका छौँ। आशा छ- उनीहरूको भविष्य राम्रो हुनेछ।’
यसैबीच भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले ट्रम्पको यो भनाइमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।
भारतमा ५० प्रतिशत भन्सार कर लगाएपछि दुई देशबीचको सम्बन्ध बिग्रिएको छ। भारतलगायत अन्य देशमा उच्च कर लगाइएको मुद्दा अमेरिकाको अदालतमा सुनुवाइ भइरहेको छ।
ट्रम्पले बिहीबार अदालतमा भारतमा कर लगाउनु आवश्यक भएको जिकिर गरेका छन्।
उनले भनेका छन्, ‘यदि यो भएन भने अमेरिकाले ठूलो आर्थिक क्षति भोग्नेछ।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २१ भदौ २०८२, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाए रोक
ट्रम्पले बीबीसीविरुद्ध किन हाले मुद्दा ?
थाइल्यान्ड र कम्बोडियाको युद्ध रोक्न म फोन गर्छु : ट्रम्प
ट्रम्पलाई किन भेट्न चाहन्छन् जेलेन्स्की ?
रुस–युक्रेन युद्ध रोक्ने अमेरिकी प्रस्ताव ‘अन्तिम’ होइन : ट्रम्प
ममदानीसँगको भेटमा आठ शान्ति–सम्झौता गराएको ट्रम्पको दाबी