काठमाडौँ । सरकारले दर्ता नभएमा सामाजिक सञ्जालका प्ल्याटफर्म बन्द गरेसँगै संसद्को लाइभ बन्द हुने भएको छ । सभामुखको सचिवालयका अनुसार दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलगत्तै सभामुख देवराज घिमिरेले संसद्को लाइभ प्रसारण र भिडियो आर्काइभ सुरक्षाबारे चासो राखेका छन् ।
सचिवालयलाई प्रसारण व्यवस्थापन र सूचना प्रवाहका वैकल्पिक माध्यमको व्यवस्थापनका लागि निर्देशन दिइसकेको बताइएको छ । संघीय संसद्को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकको प्रत्यक्ष प्रसारण हुँदै आएको छ । सरकारले बिहीबार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभाको बैठक २५ भदौ र राष्ट्रिय सभाको बैठक २३ भदौमा बस्दै छ । संसद् बैठकमा सांसदहरूले बोलेका भिडियो समेत युट्युबमा अपलोड हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० भदौ २०८२, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको सम्बोधनमा रास्वपाले संसद् अवरोध नगर्ने
आज सङ्घीय संसद्का दुवै सदनकाे बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
संसद्को विधायन समितिले नागरिकता विधेयक अघि बढाउँदै
राप्रपा र रास्वपा आफ्ना कुरा राखेर आज पनि संसद् बैठकबाट बाहिरिए
साउन ७ गते संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची