काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विषयलाई लक्षित गर्दै त्यो विषय विधान महाधिवेशनमा छलफल नहुने अडान दोहोर्याएका छन् ।
पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विधान महाधिवेशनसँग सम्बन्धित नभएका विषयहरू पार्टीमा अनावश्यक ढंगले संवेदनशील बनाइएको जिकिर गरे ।
प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘पार्टीमा कतिपय विषयहरू अनावश्यक ढंगले संवेदनशील बनाइएका छन् या बनेका छन् । तर, ती कुराहरू विधान संशोधनसँग सम्बन्धित छैनन् । त्यो विधान महाधिवेशनसँग सम्बन्धित विषय होइन । जुन विषय विधानसँग सम्बन्धित छैनन् ती प्रश्नहरू अन्यत्र कमिटीगत छलफलका विषय हुन् । त्यसबारेमा पार्टी कमिटीले छलफल गर्दै जानेछ ।’
उनले विधान महाधिवेशन विधानमा मात्रै केन्द्रित हुने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० भदौ २०८२, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले विधान महाधिवेशनमा पेश हुने कर्ण थापाको फरक मतमा के छ ? (पूर्णपाठसहित)
एमाले विधान महाधिवेशनको पुरा
एमाले विधान महाधिवेशनको तयारीका लागि जिम्मेवारी बाँडफाँड
एमाले विधान महाधिवेशन : ७० वर्षे उमेर हद वैधानिक रूपमै हट्ने