दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सफल खबर संवाददाता

शुक्रबार, २० भदौ २०८२, ११ : ५०
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा सहभागी श्रीनाथ गण (शान्ति सेना) १४ औँ डफ्फालाई बदली गरिएको छ । 

उक्त गणलाई बदली गर्नका लागि  नयाँ गोरख गण (शान्ति सेना) १५ औँ डफ्फाका १७५ जना शान्ति सैनिकहरूको पहिलो टोली  बिहीबार मिसन इलाका प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका १७५ जना नेपाली शान्ति सैनिकहरू शनिबार नै स्वदेश फिर्ता भएका छन् ।  हाल उक्त मिसनमा नेपाली सेनाका १ हजार ७५७ जना शान्ति सैनिकहरू कार्यरत रहेका छन् । 

 

प्रतिक्रिया दिनुहोस