सूचीकरण नभएका सामाजिक सञ्जाल अब चल्ने छैनन् : वर्ल्डलिंक

सफल खबर संवाददाता

शुक्रबार, २० भदौ २०८२, ०९ : ५९
सूचीकरण नभएका सामाजिक सञ्जाल अब चल्ने छैनन् : वर्ल्डलिंक

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले दूरसञ्चार प्राधिकरणले अदालतको आदेश, सरकारको निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशिकाअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल अब वर्ल्डलिंकमा नचल्ने स्पष्ट पारेको छ ।

बिहान एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।  “यसअनुसार वर्ल्डलिंकको इन्टरनेट सेवामार्फत् नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु अब प्रयोग गर्न नसकिने जानकारी गराउँदछौँ,” सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस