बागलुङ । दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानका ७०५ पशुको बीमा गरिएको छ ।
जिल्ला सहकारी सङ्घमा आबद्ध बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका शेयर सदस्यका ७०५ पशुको बीमा गरिएको सङ्घ अध्यक्ष दीपक गौतमले जानकारी दिए ।
कृषकबाट बीमा प्रिमियमबापत गत वर्षमा रु चार लाख ८४ हजार ५०० र राज्यबाट अनुदानबापत रु १९ लाख ३८ हजार गरी जम्मा रु २४ लाख २२ हजार ५०० पशुधन सुरक्षण उपसमितिमा रकम दाखिला भएको छ । चालु आवमा पशुधन सुरक्षण कार्यक्रममा रु ७८ लाख ८० हजार सङ्कलन भएको उनले बताए ।
सङ्घले २४ वर्षदेखि १५ दुग्ध सङ्कलन सहकारीका एक हजार ५०० भन्दा बढी किसानको दैनिक तीन हजार ५०० लिटर दूध सङ्कलन, प्रशोधन तथा बजारीकरण गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० भदौ २०८२, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन खुल्यो
प्राकृतिक विपद : १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बीमा दाबी
चार महिनामै ४ अर्ब ८२ करोडको बीमा पोलिसी सरेण्डर