३२ लाखमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण

सफल खबर संवाददाता

शुक्रबार, २० भदौ २०८२, ०८ : ०७
३२ लाखमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण

दमौली । भिमाद नगरपालिका–१ डुम्रीबेँसीमा ३२ लाख ४५ हजारको लागतमा चारकोठे आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ । 

सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदान गरेको रकमबाट भवन निर्माण गरिएको वडासदस्य दयाराम श्रेष्ठले जानकारी दिए ।

केन्द्रबाट भिमाद नगरपालिका–१ डुम्रीबेँसी, घिरिङ गाउँपालिका–२, स्याङ्जाको हरिनास, चापाकोटका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुनेछन् ।

अब यहाँका बासिन्दा अपायक बोमाटारमा स्वास्थ्य केन्द्र पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।  

प्रतिक्रिया दिनुहोस