काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउने बताएका छन् ।
रवीन्द्र शाह स्मृति प्रतिष्ठानद्वारा राजेश्वर नेपालीको ८३औँ जन्म जयन्तीका अवसरमा आज यहाँ आयोजित ‘राजेश्वर नेपाली अभिनन्दन ग्रन्थ लोकार्पण’ समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रलाई आधुनिक समयको शासन प्रणालीको उच्चतम रूप मात्र नभई लोकतन्त्रका आदर्श, मूल्यमान्यतालाई हाम्रो आचरण तथा जीवनशैलीका रूपमा आत्मसाथ गर्दै मुलुक बनाउने अवसरमा रूपान्तरण गर्नुपर्ने बताए ।
आम नागरिकमा सपना, आशा र भरोसा जागृत गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध राष्ट्र निर्माणको युगिन अभिभारालाई पूरा गर्न सबै आ-आफनो ठाउँबाट क्रियाशील हुनुपर्ने राष्ट्रपति पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ भदौ २०८२, १९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘मुलुकलाई निकास दिन फागुन २१ को निर्वाचन सफल पारौँ’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल बागलुङमा
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
‘दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ’: राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग अस्ट्रेलियाका राजदूत जोनस्टनको बिदाइ भेट