४३ दिनपछि अघि बढ्दै राष्ट्रपतिले फिर्ता गरेको संवैधानिक परिषद् विधेयक

सफल खबर संवाददाता

विहीबार, १९ भदौ २०८२, १३ : ०१
४३ दिनपछि अघि बढ्दै राष्ट्रपतिले फिर्ता गरेको संवैधानिक परिषद् विधेयक

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको ४३ दिनपछि संवैधानिक परिषद्सम्बन्धी विधेयक अघि बढ्दै छ ।

प्रमाणीकरणका लागि पुगेको विधेयक गत साउन ८ गते राष्ट्रपति पौडेलले पुनर्विचारका लागि भनेर फिर्ता पठाएका थिए । आज प्रतिनिधि सभामा यसलाई अगाडि बढाउने कार्यसूची छ ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै छ । जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार) र कार्यविधिसम्बन्धी पहिलो संशोधन विधेयक माथि सदनमा पुनर्विचार गरियोस् भने प्रस्ताव प्रस्तुत गर्ने कार्य तालिका छ ।

राष्ट्रपतिको कार्यालयका अनुसार सरकारले अगाडि बढाएको संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकूल भएको भन्ने राष्ट्रपति पौडेलको चासो रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस