‘कोशेढुंगा’ ले सेन्सर बोर्डको निर्देशन नमानेको भन्दै सञ्चार मन्त्रालयले पठायो विकास बोर्डलाई पत्र

सफल खबर संवाददाता

विहीबार, १९ भदौ २०८२, ११ : ४१
‘कोशेढुंगा’ ले सेन्सर बोर्डको निर्देशन नमानेको भन्दै सञ्चार मन्त्रालयले पठायो विकास बोर्डलाई पत्र

काठमाडौं । हाल देशभर प्रदर्शनरत चलचित्र कोशेढुंगाले सेन्सर बोर्डको निर्णय पालना नगरेको भन्दै सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डलाई पत्राचार गरेको छ । चलचित्रमा काट्न भनिएका ‘अश्लील लाग्ने’ संवादहरू यथावत राखेर प्रदर्शन गरिएको पाइएपछि मन्त्रालयले मंगलबार बोर्डलाई पत्र पठाएको हो ।

स्रोतका अनुसार चलचित्रमा केही ठेट शब्दहरू प्रयोग भएका छन्, जसलाई समाजमा अपशब्दको रूपमा लिइन्छ । ती शब्दहरूलाई हटाउने वा विप प्रयोग गर्ने शर्तमा चलचित्रलाई सबै उमेर समूहका दर्शकलाई सार्वजनिक प्रदर्शनिका लागि केन्द्रीय चलचित्र जाँच समितिले अनुमति दिएको थियो । तर, चलचित्रले समितिको निर्णयको पालना नगरेको बुझिन आएको मन्त्रालयको पत्रमा उल्लेख छ ।

चलचित्र प्रदर्शनको अनुगमन गरी सेन्सरबमोजिम प्रदर्शनको व्यवस्था मिलाउन र प्रतिवेदन पेश गर्न मन्त्रालयले बोर्डलाई भनेको छ । चलचित्र कोशेढुंगा गत बिहीबारबाट प्रदर्शनमा आएको हो । चलचित्रले सन्तोषजनक व्यापार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस