काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबार वित्तीय प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्दैछ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन तथा अन्तर बैंक ब्याजदरलाई थप घट्न नदिन उक्त रकम खिच्ने भएको हो ।
केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन उपकरण मार्फत २५ दिन अवधिका लागि प्रणालीको ५० अर्ब माग गरेको छ । बैंक तथा वित्तीय संस्थाले तरलता अवस्था हेरेर बढी भएको मात्रै केन्द्रीय बैंकलाई दिनेछन् ।
बिहीबार बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा राखेको २ खर्ब ३७ अर्ब रुपैयाँ बराबर स्थायी निक्षेप परिपक्व हुने केन्द्रीय बैंकले जनाएको छ । उक्त रकम प्रणालीमा आउँदा अन्तरबैंक ब्याजदर थप घट्न सक्ने भएकाले केन्द्रीय बैंकले स्थायी निक्षेप निष्कासन गरेको हो ।
मंगलबार वित्तीय प्रणालीमा करिब ५७ अर्ब रुपैयाँ तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । साथै, वित्तीय प्रणालीमा धेरै भएको तरलता केन्द्रीय बैंकमा ६ खर्ब ३६ अर्ब थुप्रिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ भदौ २०८२, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै