काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबार वित्तीय प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्दैछ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन तथा अन्तर बैंक ब्याजदरलाई थप घट्न नदिन उक्त रकम खिच्ने भएको हो ।
केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन उपकरण मार्फत २५ दिन अवधिका लागि प्रणालीको ५० अर्ब माग गरेको छ । बैंक तथा वित्तीय संस्थाले तरलता अवस्था हेरेर बढी भएको मात्रै केन्द्रीय बैंकलाई दिनेछन् ।
बिहीबार बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा राखेको २ खर्ब ३७ अर्ब रुपैयाँ बराबर स्थायी निक्षेप परिपक्व हुने केन्द्रीय बैंकले जनाएको छ । उक्त रकम प्रणालीमा आउँदा अन्तरबैंक ब्याजदर थप घट्न सक्ने भएकाले केन्द्रीय बैंकले स्थायी निक्षेप निष्कासन गरेको हो ।
मंगलबार वित्तीय प्रणालीमा करिब ५७ अर्ब रुपैयाँ तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । साथै, वित्तीय प्रणालीमा धेरै भएको तरलता केन्द्रीय बैंकमा ६ खर्ब ३६ अर्ब थुप्रिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ भदौ २०८२, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन
राष्ट्र बैंकले एक वर्षका लागि २० अर्बको ऋणपत्र निष्कासन गर्दै, बोलकबोल आजै
व्यावसायिक कर्जा विलासिता प्रयोग नगर्न राष्ट्र बैंकको अनुरोध
बजारबाट २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
‘उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ’: राष्ट्र बैंक
उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ: राष्ट्र बैंक