प्रसिद्ध हलिउड अभिनेता ग्राहम ग्रीनको निधन

सफल खबर संवाददाता

मंगलबार, १७ भदौ २०८२, ११ : ४३
प्रसिद्ध हलिउड अभिनेता ग्राहम ग्रीनको निधन

लस एञ्जलस ।  प्रसिद्ध हलिउड अभिनेता ग्राहम ग्रीनको निधन भएका छ । ७३ वर्षको उमेरमा ग्रीनको सोमबार निधन भएको अभिनेताका म्यानेजरले जानकारी दिएका छन् ।

 ग्रीन लामो समयदेखि बिरामी थिए । उनी गम्भीर रोगसँग लडिरहेका थिए । टोरन्टोको एक अस्पतालमा अन्तिम सास फेरेको म्यानेजरले बताइएको छ । अवार्ड विजेता क्यानडेली अभिनेता ग्राहम ग्रीनको निधनले आफूहरू निकै दुःखी रहेको म्यानेजर गेरी जोर्डनले एउटा विज्ञप्तिमा उल्लेख गरेको भन्दै सीबीसी न्यूजले समाचार छापेको छ ।

उनको मृत्यु प्राकृतिक कारणले गर्दा भएको भनिएको छ । १९९० मा आएको केभिन कस्टनरको डान्सेज विथ वुल्फमा ग्रिन किकिङ बर्डको भूमिका निर्वाह गरेका थिए । यसका लागि उनी ओस्करको मनोनयनमा परेका थिए । 

ग्रिनको फिल्मी यात्रा सजिलो थिएन । तर आफ्नो अथक संघर्षले उनले सफलताको उदाहरण त प्रस्तुत गरे नै बाहिरबाट आउने धेरै कलाकारहरूका लागि हलिउडको ढोका पनि खोलिदिए । अभिनेताले सन् १९७९ मा ‘द ग्रेट डिटेक्टिभ’बाट आफ्नो अभिनय करियर सुरु गरेका थिए । 

उनको अभिनयलाई धेरैले मन पराएका थिए । उनलाई चर्चा भने ‘डान्सेस विथ वुल्भ्स’ले दिलायो । यो फिल्मले १२ वटा ओस्कर मनोनयन पाएको थियो भने ७ ओस्कर अवार्ड जितेको थियो । मिडिया रिपोर्टका अनुसार, अभिनेताको कुल सम्पत्ति १० लाख डलर छ । 

प्रतिक्रिया दिनुहोस