गोरखा । मंगलबार बिहान भएको बस दुर्घटनामा २१ जना घाइते भएका छन्।
बाग्मती प्रदेश ०१–००६ ख ४१३१ नम्बरको रात्रिबस काठमाडौँबाट गोरखाको माछीखोला जाँदै गर्दा भिमसेनथापा गाउँपालिका–३ टारीफाँट गगटे नजिक गोरखा–आरुघाट सडकखण्डमा बिहान ५ बजे दुर्घटना भएको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
गति अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका कुल २१ जनामध्ये १९ जनाको उपचार प्राथमिक उपचार केन्द्र आरुघाटमा भइरहेको छ भने २ जनालाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ।
घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस आरुघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १५ जना सुरक्षाकर्मी र नेपाल प्रहरीको संयुक्त टोलीले घाइतेको उद्धार गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ भदौ २०८२, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन
सिन्धुलीमा गाडी दुर्घटना, ४ जना घाइते