गोरखा । मंगलबार बिहान भएको बस दुर्घटनामा २१ जना घाइते भएका छन्।
बाग्मती प्रदेश ०१–००६ ख ४१३१ नम्बरको रात्रिबस काठमाडौँबाट गोरखाको माछीखोला जाँदै गर्दा भिमसेनथापा गाउँपालिका–३ टारीफाँट गगटे नजिक गोरखा–आरुघाट सडकखण्डमा बिहान ५ बजे दुर्घटना भएको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
गति अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका कुल २१ जनामध्ये १९ जनाको उपचार प्राथमिक उपचार केन्द्र आरुघाटमा भइरहेको छ भने २ जनालाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ।
घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस आरुघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १५ जना सुरक्षाकर्मी र नेपाल प्रहरीको संयुक्त टोलीले घाइतेको उद्धार गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ भदौ २०८२, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु