काठमाडौ । चीनको थियानजिन सहरमा आयोजित सांघाइ सहयोग सङ्गठन (एससीओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै छन्।
चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेटवार्ता गर्ने कार्यसूची छ। उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछन्।
चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ।
भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा प्रतिनिधिमण्डल सहभागी हुनेछ।
सोही दिन प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डल नेपाल फर्कने कार्यक्रम छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ भदौ २०८२, ०७ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ : प्रधानमन्त्री कार्की
सेनालाई प्रधानमन्त्रीको निर्देशन : आगामी चुनावमा एक थोपा रगत नबगोस्, कोही घाइते नहून्
एकीकृत, दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री
अबको मन्त्रिमण्डलमा महिलालाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री कार्की