काठमाडौं । नेपाली काग्रेसले अनुशासनको कारबाहीको सिफारिस गरिएका तर अनुशासन समितिले कुनै पनि निर्णय नगरेका नेता कार्यकर्ताको हकमा सदस्यता नवीकरण नरोक्ने निर्णय गरेको छ ।
निर्वाचनको क्रममा अन्तर्घात गरेको भन्दै २१ सय बढी उजुरी अनुशासन समितिमा परेका छन् । तर, अनुशासन समितिले सिमितिको हकमा मात्रै कारबाहीको सिफारिस गरेको छ ।
तल्लो तहबाट कारबाहीका सिफारिस भएकामध्ये बहुसंख्यकको हकमा अनुशासन समिति अनिर्णित रहेको छ । सदस्यता व्यवस्थापन समितिको आज बसेको बैठकले विचाराधिन रहेकाहरुको हकमा नवीकरण गर्ने निर्णय गरेको हो ।
कारबाहीका लागि विचारधिन अवस्थामा रहेका सबैको हकमा नवीकरण खुला गर्ने निर्णय भएको सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी गराए ।
विदेशमा रहेकाले क्रियाशील सदस्यता नवीकरण अनलाइनबाट लिने व्यवस्था गर्ने भएको छ । सदस्यता व्यवस्थापन समितिको आज बसेको बैठकले ३७ वटा जनसम्पर्क समितिमा रहेका सदस्यले अनलाइनबाट नवीकरण गर्न सकिने निर्णय गरेको हो ।
विश्वको जुनसुकै कुनामा रहेपनि जनसम्पर्क समितिसँग विना नै नवीकरण गर्न सकिने सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश स्नेहीले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ भदौ २०८२, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन सात दलीय गठबन्धन सहमत
राष्ट्रिय सभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने काँग्रेसको निर्णय
कांग्रेसको पार्टी कमिटिलाई अर्काे परिपत्र : स्थानीय तह, प्रदेशसभा र राष्ट्रिय सभामा बहाल जनप्रतिनिधि उम्मेदवार बन्न नपाउने
सामाजिक न्यायको पक्षमा निरन्तर उभिने काँग्रेसको प्रतिबद्धता
कांग्रेसले यस्तो बनायो क्रियाशील सदस्यता वितरण र नवीकरणको मापदण्ड
कांग्रेस केन्द्रीय कार्य समितिकाे बैठक सुरु