काठमाडौं । नेपाली काग्रेसले अनुशासनको कारबाहीको सिफारिस गरिएका तर अनुशासन समितिले कुनै पनि निर्णय नगरेका नेता कार्यकर्ताको हकमा सदस्यता नवीकरण नरोक्ने निर्णय गरेको छ ।
निर्वाचनको क्रममा अन्तर्घात गरेको भन्दै २१ सय बढी उजुरी अनुशासन समितिमा परेका छन् । तर, अनुशासन समितिले सिमितिको हकमा मात्रै कारबाहीको सिफारिस गरेको छ ।
तल्लो तहबाट कारबाहीका सिफारिस भएकामध्ये बहुसंख्यकको हकमा अनुशासन समिति अनिर्णित रहेको छ । सदस्यता व्यवस्थापन समितिको आज बसेको बैठकले विचाराधिन रहेकाहरुको हकमा नवीकरण गर्ने निर्णय गरेको हो ।
कारबाहीका लागि विचारधिन अवस्थामा रहेका सबैको हकमा नवीकरण खुला गर्ने निर्णय भएको सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी गराए ।
विदेशमा रहेकाले क्रियाशील सदस्यता नवीकरण अनलाइनबाट लिने व्यवस्था गर्ने भएको छ । सदस्यता व्यवस्थापन समितिको आज बसेको बैठकले ३७ वटा जनसम्पर्क समितिमा रहेका सदस्यले अनलाइनबाट नवीकरण गर्न सकिने निर्णय गरेको हो ।
विश्वको जुनसुकै कुनामा रहेपनि जनसम्पर्क समितिसँग विना नै नवीकरण गर्न सकिने सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश स्नेहीले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ भदौ २०८२, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस