इजरायलले भन्यो : हमासका प्रवक्ता मारिए

सफल खबर संवाददाता

सोमबार, १६ भदौ २०८२, ०८ : २८
इजरायलले भन्यो : हमासका प्रवक्ता मारिए

एजेन्सी । इजरायलले गाजा सहरमा भएको हवाई आक्रमणमा हमासको सशस्त्र शाखाका प्रवक्ता अबु उबैदा मारिएको बताएको छ। 

इजरायलका रक्षामन्त्री इजरायल काट्जले एक्समा पोस्ट गरी इजरायल रक्षा बल (आईडीएफ) र इजरायलको सुरक्षा एजेन्सी सिन बेटलाई ‘यो उपलब्धि हासिल गरेकामा बधाई’ भनेका छन्। यद्यपि, हमासले अझैसम्म उबैदा मारिएको पुष्टि गरेको छैन।

प्यालेस्टिनी सशस्त्र समूह हमासले यसअघि आवासीय भवनमा इजरायली हवाई आक्रमण भएको र दर्जनौँ नागरिक मारिएको र घाइते भएको बताएको थियो।

स्थानीय पत्रकारहरूले गाजा सहरको घना बस्ती भएको अल-रिमल क्षेत्रमा भएको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको र बालबालिकासहित २० जना घाइते भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस