काठमाडौँ । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका-२ सप्तरी समाझिंघा बस्ने कृष्ण सुनार हुन् । नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्न बुधबार बिहान नेपाल फिर्ता ल्याइएको हो ।
उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि एनसीबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २५ चैत २०८१ मा रेड नोटिस जारी भएको थियो ।
उनलाई सम्बन्धित कसुर बमोजिम कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ भदौ २०८२, १९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डीएसपी मधु नेपाल पक्राउ
स्रोत नखुलेको नगदसहित एक जना पक्राउ
मानव बेचबिखनका आरोपी २० वर्षपछि पक्राउ
पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ
चार महिने छोराको हत्या अभियोगमा असई पक्राउ
हायात क्यासिनोमा आगजनी र चोरीमा संलग्न दुई जना पक्राउ