भियतनामकी उपराष्ट्रपति सुआन स्वदेश फिर्ता

सफल खबर संवाददाता

मंगलबार, १० भदौ २०८२, ०९ : १३
भियतनामकी उपराष्ट्रपति सुआन स्वदेश फिर्ता

काठमाडौ । नेपाल भ्रमण पूरा गरेर समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन गएराति स्वदेश फर्किएकी छन्। 

नेपालको तीनदिने औपचारिक भ्रमण पूरागरी सोमबार मध्यराति उनी स्वदेश फर्किएकी हुन्। 

उपराष्ट्रपति सुआनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, परराष्ट्र सचिव अमृतबहादुर राई, उपराष्ट्रपति कार्यालयका उच्च अधिकारीले बिदाइ गरेका छन्। 

उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा सआन गएको शनिबार बिहान नेपाल आइपुगेकी थिइन्।

नेपाल बसाइको क्रममा उनले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरूसँग पनि भेटवार्ता गरेकी छन्। 

नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको अवसर पारेर उनी नेपाल आएकी थिइन्। 

प्रतिक्रिया दिनुहोस