ललितपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ लाई भेट्न उनको निवासमा पुगेका छन् । चन्दको सचिवालय अनुसार प्रचण्ड सोमबार बिहान ललितपुरको हरिसिद्धिस्थित निवासमा पुगेको हुन् ।
महासचिव चन्दले प्रचण्डलाई फूल दिएर घरमा स्वागत गरेका थिए । दुई नेताबिच पार्टी एकताको विषयमा छलफल हुने बताइएको छ । माओवादीको स्थायी कमिटी बैठकले नेकपासँग एकता गर्ने निर्णय गरेको थियो । तर, एकताका लागि कार्यदल गठन हुन सकेको छैन ।
नेकपाले भने भदौ २२ गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकले एकताबारे निर्णय गर्ने तयारी गरेको छ । त्यस्तै, आजको भेटमा पछिल्लो राजनीतिक गतिरोधबारे पनि छलफल हुनेछ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ भदौ २०८२, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग