ललितपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ लाई भेट्न उनको निवासमा पुगेका छन् । चन्दको सचिवालय अनुसार प्रचण्ड सोमबार बिहान ललितपुरको हरिसिद्धिस्थित निवासमा पुगेको हुन् ।
महासचिव चन्दले प्रचण्डलाई फूल दिएर घरमा स्वागत गरेका थिए । दुई नेताबिच पार्टी एकताको विषयमा छलफल हुने बताइएको छ । माओवादीको स्थायी कमिटी बैठकले नेकपासँग एकता गर्ने निर्णय गरेको थियो । तर, एकताका लागि कार्यदल गठन हुन सकेको छैन ।
नेकपाले भने भदौ २२ गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकले एकताबारे निर्णय गर्ने तयारी गरेको छ । त्यस्तै, आजको भेटमा पछिल्लो राजनीतिक गतिरोधबारे पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ भदौ २०८२, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा