रौतहट । रौतहटमा एक महिलाको शव फेला परेको छ । वेबारिसे अवस्थामा रहेको सुटकेशभित्र महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजन कार्कीले जानकारी दिए ।
गौर नगरपालिकाको वडा नम्बर ९ मुडवलवा गेट नजिकै सडक किनारमा उक्त शव भेटिएको हो । गएरातिदेखि बेबारिसे अवस्थामा सुटकेस रहेको र आज खोलेर हेर्दा शव कोचेर राखेको अवस्थामा शव फेला परेको डीएसपी कार्कीले बताए ।
मृतकको पहिचान खुलेको छैन भने प्रहरीले अनुसन्धान सुरु गरेको छ । यस्तै शवलाई प्रादेशिक अस्पताल गौरमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ भदौ २०८२, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव
इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण
खोलामा शव फेला, दुई जना पक्राउ
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै